२०८१ जेठ ६ , आइतवार

अन्तिम मिनेटमा नेप्से परिसूचक २.०६ अंकले बढ्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार नेप्से परिसूचक २.०६ अंकले बढेको छ।नेप्से ०.१० प्रतिशतले बढेर १९६०.८१ विन्दुमा बन्द भएको छ।मंगलबारको बजारमा दुई अर्ब १४ करोड पाँच लाख दुई हजार ६२१ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् सोमबार दुई अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७५ करोड रूपैयाँले कमी आएको हो।यस दिन ३१४ वटा धितोपत्रको ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच भएको हो।

समूहगत रुपमा हेर्दा माइक्रोफाइनान्समा आकर्षण देखियो । सो समूह २.४३ प्रतिशत बढ्यो । व्यापार र फाइनान्स समूह १ प्रतिशत घटे । अंकका आधारमा माइक्रोफाइनान्स १००, विकास बैंक १२ र अन्य समूह ११ ले बढे । बैंकिङ ०.८६, फाइनान्स २१, होटल २, हाइड्रोपावर १०, जीवन बीमा ३०, उत्पादन ३५, निर्जीवन बीमा ०.३ र ब्यापार समूह २९ अंक घटे ।हिमालयन लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।