२०८१ जेठ ६ , आइतवार

विश्व बैंकको नेपाललाई ११ अर्ब ऋण स्वीकृत

World-Bank

सुनाखरी न्युज/ काठमाडौं ।

विश्व बैंकले नेपालका लागि थप ८ करोड (१० अर्ब ६९ करोड रुपैयाँ) अमेरिकी डलर बराबरको विकास नीति ऋण स्वीकृति गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व बढाउन,वित्तीय साधनको विविधीकरण र वित्तीय सेवामा पहुँच बढाउन यो सहायता प्रयोग गरिने भएको छ ।

यो सहायता परिचलानबाट नेपालको बैंकिङ तथा बीमा क्षेत्रको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।महिला उद्यमीलाई केन्द्रित गर्दै प्रविधि र वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालनमा यो सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।