२०८१ जेठ ६ , आइतवार

सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लक्ष्मण सुवेदी निर्देशित सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म साउन ४ गतेदेखि रिलिज हुने जानकारी निर्माताले दिएका छन् ।

बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको सोचविरुद्ध महिला पात्र गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् ।

फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

लमजुङ, तनहुँ, कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मले ग्रामीण चलचित्र महोत्सवमा फिल्म, पटकथा र अभिनेतृ विधामा जित हासिल गरेको थियो ।