२०८१ जेठ ६ , आइतवार

मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।