२०८१ जेठ ६ , आइतवार

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसीएशिया बैंकले केही समय अघि साउदी अरेबियामा सम्पन्नWAFF Women’s Championship 2024प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई बैंकले सम्मान गरेको हो।

२०८१वैशाख२४गते ललितपुर स्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो।बैंकले अखिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका३१सदस्यहरुलाई जनही रु.२५०००र सम्मान पत्रसहित सम्मान गरेको हो।

साथै, उक्त कार्यक्रमका बीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगर ज्यूलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ।पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिदैWAFF Women’s Championship 2024द्दण्द्दद्धको फाइनलसम्म पुगेर उपविजेता बन्न सफल भएको थियो।

मैदान र मैदान बाहिर रहेर प्रगियोगिता भर विशेष योगदान गर्ने सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दै अगामीदिनहरुमा पनि यस्तै सफलता प्राप्त होस्भन्ने कामना सहित हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।