२०८१ जेठ ६ , आइतवार

फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरु डिजिटल वालेट

Capture

सुनाखरी न्युज/ ललितपुर।

फोनपे, नेपालको अग्रणी भुक्तानी संचालकले, पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट)लाई आफ्नो संजालमा समावेश गरेको छ।मोरु डिजिटल वालेट,फोनपे नेटवर्कमा अन्तर आबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्यु.आर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोनपे र मोरु डिजिटल वालेटका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस अन्तर-आबद्दताको साथमा, सम्पूर्ण मोरु डिजिटलवालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अब स्थित नेपालभरका झण्डै चौध लाख व्यवसायी स्टोरहरुमा सहज रूपमा किफायती, सुविधा जनक र सुरक्षित क्यु.आर भुक्तानी गर्न सकिने जनाए।

उक्त कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटा का भने,“हामी मोरु डिजिटल वालेटलाई हाम्रो बढ्दो भुक्तानी इको सिस्टममा स्वागत गर्न पाउँदा खुसी छौं।यो साझेदारीले हाम्रा प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नको लागि सदैब तत्पर रहने हाम्रो दृष्टिकोणलाई दर्साएको छ।मोरु डिजिटल वालेटलाई हाम्रो नेटवर्कमा अन्तर आबद्ध गर्दै, हामीले हाम्रा ग्राहकहरूलाई भुक्तानीका विभिन्न विकल्पहरू प्रदान गर्नुको साथ-साथै वित्तीय इको सिस्टमलाई अझै फराकिलो बनाएका छौं।” ।

समारोहमा खुसी व्यक्त गर्दै मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले भने,“हामी फोनपेसँग आबद्ध हुदै फोनपे नेटवर्कमा अबस्थित हुनु भएका देशभरका १४लाख व्यवसायीहरु माझ, मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुच पुर्याउन पाउँदा अत्यन्तै खुसी छौं।प्रयोगकर्ताहरूले यो साझेदारीको साथ अन्य फोनपे सेवाहरूबाट पनि लाभ उठाउन सक्ने छन्।नयाँ पदत्तिका सेवाहरु अंगाल्दै र थप्दै, हामी हाम्रा ग्राहकहरूको डिजिटल यात्रालाई अझै सहज बनाउने क्रममा निरन्तर अगाडी बढिरहेका छौ”।