२०८१ जेठ ६ , आइतवार

मोरङ व्यापार संघको ३४औँ कार्यसमितिको निर्वाचन निर्विरोध सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आजमिति२०८१ बैशाख २४ गते, सोमबार, मोरङ व्यापार संघ (साविकः मोरंग व्यापार संघ)को ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । संघको विधान/ नियमावलीअनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्मेदवारी दर्ता हुनगई सोहीउम्मेदवाहरु संघको ३४औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका छन्।

उक्त निर्वाचनबाट वाणिज्य क्षेत्रतर्फ अनिलकुमार साह, संजय कुमार श्रेष्ठ, शुशिल सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, अनिल सारडा, राजेश कुमार अग्रवाल र दिपेश सुवेदी निर्विरोध निर्वाचित भएका छन् भने उद्योग क्षेत्रतर्फ देवाशिष गोल्छा, विनित सिंघानिया, अमितकुमार शारदा, अनुपम राठी, अमित राठी, आशिषजाजु, पवन राठी, बिकास कुमार बेगवानी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसका साथै, आजै सम्पन्न नवगठित संघको ३४औँ कार्यसमितिको बैठकले पदाधिकारीहरुको समेत चयन गरेको छ । संघको ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा बिकास कुमार बेगवानी, महासचिवमासंजय कुमार श्रेष्ठ, सचिवमा अमितकुमार शारदा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमादिपेश सुवेदीलाई चयन गरेको छ ।

साथै, बैठकमा संघको नियम बमोजिम सम्वद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओम प्रकाशशर्मा, संघका शाखाहरु तर्फबाटकृष्ण प्रसाद रिजाल र अध्यक्षबाट श्रीमती बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ ।संघको नियम बमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् ।

त्यसका साथै, ३४औँ कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकजगोयल र संजिवश्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गरिनुका साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रीमती श्रुती शर्मालाई मनोनयन गरेको छ ।