२०८१ जेठ ६ , आइतवार

भिभोको कूलबहार : तपाईंको पर्फेक्ट मदर्स डे उपहार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नयाँ युगको अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्ड, भिभोले मातातिर्थ औंशीको अवसर पारेर स्लीक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्रीको मिश्रण, भिभो वाई ०३ बजारमा सार्बजनिक गरेको छ ।

४+४ जीबीको एक्सटेन्डेड¥यामर ६४ जीबीकोे जीबीकोे भण्डारण क्षमता रहेकोे यस फोनको मुल्य १३,४९९ रहेको छ। आकर्षक मूल्य र प्रभावशाली सुविधाहरूको साथ आजैबाट देशभरका अधिकारिक रिटेल स्टोर र दराज अनलाईन मार्फत एकैपटक सर्बजनिक भएको यस फोनले सम्पूर्ण देशवासीहरुको हृदय कब्जा गर्न तत्पर रहेको कम्पनीले जनाए ।

भिभो वाई ०३मा ९०हर्जको रिफ्रेस रेटको साथ ६.५६ इन्चको इमर्सिभ डिस्प्ले छ जसले सिमलेस भिजुअल र सहज नेभिगेसनको सुनिश्चिता गर्दछ। विश्वसनीय मिडियाटेक हेलिओ जि ८५ प्रोसेसरद्वारा सञ्चालित यो फोनमा प्रयोगकर्ताहरूले कुशल मल्टिटास्किङ र सहज कार्यसम्पादनको आनन्द लिन सक्छन्।

आकर्षक डिस्प्ले र बलियो कार्यसम्पादन बाहेक भिभो वाई ०३को ठूलो ५००० एम ए एच ब्याट्री र उत्कृष्ट १५ वाटको फ्ल्यास चार्जले दिनभरी उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्दछ। नवीनतम एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित फन टच ओएस १४माचलिरहेको वाई ०३ ले सहज र सुविधाजनक अनुकूलन विकल्पहरू सहित प्रयोगकर्ताहरूलाई सुविधाजनक अनुभव प्रदान गर्दछ।

बहुमुल्य सम्झनाहरु खिच्नको लागी, भिभो वाई ०३मा डुअल १३ एमपी रियर क्यामेरा सेटअप रहेको छ जस्ले स्पष्ट र विस्तृत तस्बिरहरू खिच्न मद्दत गर्दछ। सेल्फी र भिडियो कलकालागि ५ एमपी फ्रन्ट क्यामेरा पनि समावेश गरिएको छ।वाई ०३ ले आई पी ५४ रेटिङ प्रदान गर्दछ, जसले यसलाई दैनिक प्रयोगको लागि भरपर्दो साथी बनाउँदै धुलो र पानिको थोपाहरुबाट सुरक्षा प्रदान गर्ने कम्पनीले जनाए ।

तर यो मात्र होइन! हरेक आमाहरूको सम्मानमा, भिभोले आर्को एक विशेष अफर ल्याएको छ।भिभो वाई ०२ टिअब १२,९९९ मा उपलब्ध छ,, जसले यसलाई अझै आकर्षक बनाउँछ। यस आमाको मुख हेर्ने दिन, आफ्नी आमालाई भिभोको स्मार्टफोन उपहार दिनुहोस् र अनुहारमा मुस्कान ल्याउनुहोस् ।