२०८१ जेठ ६ , आइतवार

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षितरूपमा स्थानान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण हुनुअघि पूर्वी रफाहबाट करिब एक लाख मानिसलाई सुरक्षितरूपमा स्थानान्तरण गर्न थालिएको बताएको छ ।

कति मानिसलाई बाहिर निकालिएको छ भनेर सोध्दा एकजना सैन्य प्रवक्ताले पत्रकारहरूलाई भने, “करिब एक लाख मानिस छन् ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल करिब १२ लाख मानिस रफाहमा शरण लिइरहेका छन् । तीमध्ये अधिकांश इजराइल र हमास प्यालेस्टिनी लडाकूहरूबीच सात महिनाको युद्धका क्रममा गाजाको अन्य ठाउँबाट भागेका थिए ।  रासस/एएफपी