२०८१ जेठ ६ , आइतवार

सेयर बजारमा गिरावट जारी,१५.६२ अङ्कको गिरावट

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार पनि सेयर बजारमा गिरावटको क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.६२ अंक घटेर १९५८ अंकमा कायम भएको छ ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ७९ करोडको कारोबार भएकोमा आज २ अर्ब ८९ करोडमा खुम्चियो ।यस क्रममा आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ ।

यस्तै ६ कम्पनीको मूल्य स्थिर कायम छ । यस्तै २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको ६९ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ । आज बोटलर्स नेपाल तराईको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता १४ हजारभन्दा माथि पुगेको छ । यो प्रतिकित्ता १ हजार १६४ रुपैयाँको वृद्धि हो ।