२०८१ जेठ ६ , आइतवार

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

महालक्ष्मि स्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरर प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल(CMO)ले समझदारी ज्ञापनपत्र(MOU)मा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर(GSMHRC)मा उपचार सेवालिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सा लयलगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाए ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर(GSMHRC)ले केही दशक देखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवाप्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ ।

स्वास्थ्य प्रति जागरुक नागरिकहरुका लागि गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर(GSMHRC)माविभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।