२०८१ जेठ ६ , आइतवार

काठमाडौं आइपुगिन् अभिनेत्री मनिषा कोइराला

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो समय अभिनेत्री मनिषा कोइरालाको धेरै बसाइ काठमाडौंमा हुन थालेको छ । काम परेको बेला मुम्बई आउजाउ गर्छिन् । यद्यपि, उनको पछिल्लो काठमाडौं आगमन भने खास रह्यो । आइतबार राति काठमाडौं विमानस्थलमा उत्रिंदा उनलाई फिल्ममेकर र मिडियाले स्वागत गरे ।

नेपाल आउँदा उनी खुसी पनि थिइन् । सञ्जयलीला भन्साली निर्देशित नेटफ्लिक्स वेब सिरिज ‘हीरामण्डी’ रिलिज भएसँगै यसले प्राप्त गरेको चर्चा र प्रसिद्धिको छेकोमा उनी घरमा फर्किएकी हुन् ।विमानस्थलमा उनले मिडियासँग संक्षिप्त भलाकुसारी गरिन् । उनले ‘हीरामण्डी’लाई आफ्नो कलाकारिता जीवनको दोस्रो जीवन भएको बताइन् ।

नेपाल आउनुअघि निर्देशक भन्सालीसँगको भेटमा केही कुरा भएको मनिषाले बताइन् । भन्सालीको भेटबारे उनले भनिन्, ‘मलाई तिमीले २८ वर्ष कुरायौ । अब अरु २८ वर्ष चाहिं नकुराउनु भनेको थिएँ । उहाँसँग काम गर्न पाउँदा खुसी लाग्छ ।

म गर्व गर्छु,’ उनले भनिन् ।‘हीरामण्डी’मा मनिषाले शीर्ष पात्र मल्लिका जानको भूमिका निर्वाह गरेकी छन् । यो वेब सिरिज गत बुधबार नेटफ्लिक्समा रिलिज भइसकेको छ ।