२०८१ जेठ ६ , आइतवार

गायक सपुतले फिल्म ‘वसन्त’ निर्देशन गर्ने, टिजर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गायक प्रकाश सपुतले जातीय विभेद र वर्ण व्यवस्थाको कथावस्तुमा आधारित हुने फिल्म ‘वसन्त’ निर्देशन गर्ने भएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो सोसल-ड्रामा फिल्म निर्माणको घोषणा गरियो ।

फिल्मको शीर्ष भूमिकामा सपुतसहित स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरेको अभिनय हुने जनाइएको छ । निर्देशनसहित फिल्मको संगीत र पटकथा पनि सपुतकै हुने उल्लेख छ ।

फिल्मको प्रदर्शन मिति आगामी चैते दशैंलाई तय गरिएको छ । आफ्नो युट्युब च्यानलबाट टिजर सार्वजनिक गर्दै सपुतले यो प्रोजेक्टबारे विस्तृत जानकारी गराएका छन् ।टिजरअनुसार फिल्मको कथावस्तुको सेटिङ बागलुङको ग्रामीण क्षेत्रको हो ।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र यो लक्ष्य हासिल गर्न उसले हासिल गर्ने संघर्ष यसको कथा हो । सपुत आरनमा काम गर्ने लोहारको रोलमा देखिएका कमलमणिको छोरा वसन्तको भूमिकामा हुनेछन् ।