२०८१ जेठ ६ , आइतवार

अनन्या र आदित्य रोय कपुरको भयो ‘ब्रेकअप’

Capture

सुनाखरी नयुज/ काठमाडौं ।

बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो केही महिनादेखि अभिनेता आदित्य रोय कपुरसँग डेटिङ गरेको खबरले चर्चामा थिइन् ।
तर पछिल्लो रिपोर्ट अनुसार मार्चमा उनीहरूको ब्रेकअप भएको छ । यो खबरलाई दुवैका एक नजिकका साथीले पुष्टि गरेका छन् ।

अनन्या पाण्डेले गत महिना आफ्नो इन्स्टाग्रामको स्टोरी सेक्शनमा लेखेकी थिइन्, ‘यदि तपाईका लागि केहि बनाइएको छ भने त्यो पक्कै तपाई कहाँ आउनेछ ।  यदि त्यो कुरा जान्छ भने, यो केवल तपाइँलाई एक पाठ सिकाउन को लागी हो, जुन तपाइँ आफैले सिक्नुपर्छ। यदि केहि तपाईको लागि हो भने, तपाईले यसलाई तपाईबाट टाढा राख्न जतिसुकै प्रयास गर्नुभयो भने, यो निश्चित रूपमा तपाईमा फर्किनेछ।’ अनन्या र आदित्य विगत २ वर्षदेखि सम्बन्धमा थिए । कफी विथ करणमा अनन्याले पनि आफ्नो सम्बन्धको संकेत दिएकी थिइन् ।