२०८१ जेठ ६ , आइतवार

सर्टफिल्म ‘भाउ’ सार्वजनिक : कवाडीवालाको कथा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म‘भाउ’ (कस्ट अफलिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्म मार्फत् सार्वजनिक भएको छ ।‘भाउ’कोटिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको छ । तराईबाट काठमाडौं आएर कवाडी खानामा कामगर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउन खोजिएको छ । पोष्टरमा प्रयोग गरिएको र टिजरमा एउटा सिनमा शहरमा भएको ठुलो अपार्टमेन्ट अगाडिको दृश्यले हुँदाखाने र हुनेखाने बिचको खाडललाई भाउले देखाउन खोजेको स्पष्ट हुन्छ ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको लघुचलचित्रमा कवाडीवालाको भुमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन् । लघु चलचित्रको छायांकन नारायण जिसीले गरेकाहुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् । अंग्रेजी सब्टाईटल सहित मैथिली र नेपालीभाषाप्रयोग भएको फिल्ममा भाषा अनुवाद रामश्रेष्ठ र आर के मेहेताले गरेका छन् । प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेकाहुन् । सम्पादन गणेश बिसी र कलरिङ राकेश दाहालले गरेका छन् ।

चलचित्र सम्बन्धी विभिन्न विधामा पढाई सञ्चालन भईरहेको कान्तिपुर फिल्म एकेडेमीले नै कान्तिपुर सिनेमाज प्लेटफर्म सञ्चालन गरेको हो । नेपाल र विश्वभर छरिएर रहेका चलचित्रप्रेमी दर्शकहरुको लागि र राम्राचलचित्रहरु निर्माण गर्नेहरुका लागि कान्तिपुर सिनेमाज राम्रो प्लेटफर्म भएको कान्तिपुरका फाउण्डर तथासिईओ प्रकाश पुरी बताउँछन् । कान्तिपुर सिनेमाजएप डाउनलोड गरेर तथा वेबसाईटबाट अकाउन्ट रजिष्टर गरेर सब्सक्रिसन लिएर अपलोड भएका सिनेमाहरु सजिलै हेर्न सकिनेछ ।

यहाँबाट रजिष्टर गर्नुहोस् :https://kantipurcinemas.com/kantipur/details_page/bhau/1
‘भाउ’ इटालीको फेस्टिभल देल सिनेमादि सेफलुको नोमिनेशन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो । अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौ मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई चलचित्र महोत्सवमा छनोटमा परेको थियो ।

भाउको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेकाहुन् । लघुचलचित्र ‘भाउ’मामानिसको जीवनको मूल्यलाई दर्शाउन खोजेको उनी बताउँछन् । उनकै लेखन तथा निर्देशनमा तयार भएको लघुचलचित्र ‘पाउलो’ र ‘द स्कुलवाल’विभिन्न देशहरूमा छनोटमा परिसकेको छ । ‘घुर्रा’ले उत्कृष्ट सर्टफिल्मको अवार्ड समेत जितिसकेको छ ।उनकै लेखन तथा निर्देशनमा अर्को सर्टफिल्म ‘दृश्य’को निमार्णको तयारी गरिरहेको उनी बताउँछन् ।

हेर्नुहोस् ‘भाउ’को टिजर :https://youtu.be/3GDOdWGocws