२०८१ जेठ ५ , शनिवार

गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।आइतबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन् ।

उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रदेशसभा बैठकमा एमाले र माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । अधिकारी मन्त्रिपरिषदकै सदस्य स्वतन्त्र सांसद दीपक मनाङेले पनि विश्वासको मत दिनेछन् । नेपाली कांग्रेसले नदिने भएको छ भने राप्रपा तटस्थ रहने भएको छ ।