२०८१ जेठ ५ , शनिवार

दोहोरो अंकले घट्यो नेप्से,कारोबार रकम ३ अर्ब ७९ करोड

Share

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २४.५८ अंकले घटेको छ। नेप्से १.२३ प्रतिशतले घटेर १९७४.३७ विन्दुमा बन्द भएको हो।

आइतबारको बजारमा तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रूपैयाँको सेयर कारोबार भएको छ।गत कारोबार दिन अर्थात् बिहीबार चार अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रूपैयाँले कमी आएको हो।

४२ कम्पनीको मूल्य बढ्दा १९६ को घट्यो भने ७ को स्थिर रह्यो ।बिहीबार ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७९ करोडमा खुम्चियो । माइक्रोफाइनान्स र निर्जीवन बीमा झिनो अंकमा हरियो रहे भने अरु सबै समूगत सूचक घटे ।

माइक्रोफाइनान्स ६.८ र निर्जीवन बीमा ४ अंक बढे । विकास बैंक, फाइनान्स र उत्पादन समूह २ प्रतिशतभन्दा धेरै घटे ।बैंकिङ ११, विकास बैंक १०९, फाइनान्स ४४, होटल तथा पर्यटन ८५, हाइड्रोपावर ३८, जीवन बीमा १७३, उत्पादन १५५, अन्य १३, ब्यापार १३ अंक घटे ।