२०८१ जेठ ५ , शनिवार

सुनको भाउ स्थिर,चाँदी भने बढ्यो

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ। शुक्रबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। चाँदी आइतबार प्रतितोला १६ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।