२०८१ जेठ ५ , शनिवार

’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रुपमा स्थापित टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।

नयाँवर्षको स्किम अन्तर्गत ग्राहकहरुलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधाको साथ साथै हरेक हप्ता १००% क्यास ब्याक, sure–shot क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दाकम EMI तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्द गराएको थियो ।

योजना अन्तरगत अंकुश साहले एनटर्क ड्रमको खरिदमा रु. ५०,००० पुरस्कार जितेका छन्। त्यसै गरि, सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १००% क्यासब्याक प्राप्त गरेका छन् भने रामबहादुर राणाले रेडरको खरिदमा रु. ५०,००० पुरस्कार जितेका छन् ।जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।