२०८१ जेठ ५ , शनिवार

जापानकी विदेशमन्त्री योको काठमाडौं आउँदै, आजै टोकियो फर्किने

japanies-minister-khamikhawa

सुनाखरी न्युज/ जापान ।

जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् ।

विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् ।

 

काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा उनको यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन मद्दत मिल्ने विश्वास छ ।

उनी अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी हुन् ।