२०८१ जेठ ४ , शुक्रवार

‘फर्की फर्की’ले ल्यायो ‘अन्तिम माया’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नरेन लिम्बुले कम्पोज गरेको ७ वर्षअघिको चर्चित पपगीत ‘अन्तिम माया’ अहिले पनि समधुर लाग्छ । युवापुस्ताको ओठमा झुण्डिएको यो गीत नसुन्ने कमै होलान् ।

यो हिट गीतले यतिबेला नयाँ जीवन पाएको छ । जेठ १० मा प्रदर्शन तयारीमा रहेको अनमोल केसी स्टारर फेन्टासी ड्रामा ‘फर्की फर्की’ले उक्त गीतलाई रि-एरेन्ज गर्दै शुक्रबार सार्वजनिक गरेको छ ।

लिम्बुकै कम्पोज, लेखन र गायनमा रि-एरेन्ज गरिएको यो गीत फिल्ममा समावेश छ ।भिडियोमा कलाकार अनमोल केसी, जसिता गुरुङ फिचर्ड छन् । नरेन र अनमोलबीच दोस्रोपटक सांगीतिक सहकार्य भएको हो ।

अनमोल स्टारर ९ वर्षअघिको फिल्म ‘जेरी’मा पनि नरेनकै हिट गीत ‘भन्न आउँदैन’लाई पुनः एरेन्ज गर्दै समावेश गरिएको थियो ।