२०८१ जेठ ५ , शनिवार

जापान पठाउने भन्दै २ करोड ६८ लाख ठगी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जापानमा रोजगार र अध्ययनका लागी पठाउँछौं भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सार्वजनिक गरेको हो ।

उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।अर्काको नागरिकता प्रयोग गरेर उनीहरुले पुतलीसडकमा नियोनी एजुकेशन प्रालि नामको कन्सल्टेन्सी खोलेका थिए ।

राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरेर सानिमा बैंकमा खाता खोलेको भेटिएको छ । उदयपुरका राईको नागरिकता दुरुपयोग गरेर श्रेष्ठले बैंकको केवाइसी फारममा चाहिँ आफ्नो फोटो टाँसेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।