२०८१ जेठ ४ , शुक्रवार

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय ‘मारखोर दिवस’को रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । मारखोर पाकिस्तानको राष्ट्रिय जनावर हो र यसलाई अङ्ग्रेजीमा स्क्र्युू–हर्न गोट पनि भनिन्छ ।

उक्त प्रस्तावले अन्तर्राष्ट्रिय मारखोर दिवस विश्वव्यापी रूपमा मनाउन आह्वान गरेको र समग्र पारिस्थितिकीय प्रणालीमा मारखोरको भूमिकालाई ध्यानमा राख्दै त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोग अभिवृद्धि गर्नका लागि सबै सरोकारवालाहरूलाई उचित ध्यान दिन आमन्त्रण गरेको छ ।

यसले संयुक्त राष्ट्र वातावरण कार्यक्रमलाई अन्तर्राष्ट्रिय दिवस मनाउन सहजीकरण गर्न आमन्त्रित गर्दछ ।  रासस/सिन्ह्वा