२०८१ जेठ ५ , शनिवार

आजदेखि हलमा लागे ‘मनसरा’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘मनसरा’ आजदेखि फिल्म हलमा रिलिज भएका छन् । घरेलु बक्स अफिसमा ‘बोक्सीको घर’को दबदबा जारी रहँदा यी फिल्म प्रदर्शनमा आएका हुन् ।

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’ले निःसन्तान दम्पतीको व्यथा, समयक्रममा हराएका पात्रको पुनर्मिलन, काँठका बासिन्दाले जीविकोपार्जनमा गर्दा आउने समस्या, अन्तरजातीय सम्बन्धको आयामबारे कथा भन्छ ।

१३९ मिनेट रनटाइमको यो फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, दयाहाङ राई, मेनुका प्रधानको शीर्ष भूमिका छ । ‘जारी’ फेम्ड निर्देशक सुब्बाको यो दोस्रो कथानक फिल्मलाई सोसल-ड्रामा जनरामा राखिएको छ ।