२०८१ जेठ ५ , शनिवार

‘कन्टेन्ट क्रिएटर’ कुल ब्वायले ‘होस्टेल ३’ फिल्म साइन गरे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो समयका चर्चित ‘कन्टेन्ट क्रिएटर’ कुल ब्वायले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । यसअघि यो फिल्मको अघिल्ला भागबाट अनमोल केसी, नाजिर हुसेन, स्वस्तिमा खड्का, सलोन बस्नेत, सुशील सिटौला, सुशील श्रेष्ठ लगायतले फिल्ममा डेब्यु गरिसकेका छन् ।

वास्तविक नाम पारस बम भएका उनलाई फिल्मको शीर्ष कलाकारको रुपमा चिनाइएको छ । उनी टिकटक, युट्युब र फेसबुक-इन्स्टाग्राम रिल्स लगायतका सामाजिक सञ्जाल प्लाटफर्ममा चर्चित छन् ।

विशेषगरी टिकटकले उनलाई नेपाली नेटिजन्समाझ चर्चा दिलाएको छ ।निर्देशक सशान कँडेलले टिकटकर हुँदै इन्टरनेटमा कन्टेन्ट क्रिएटरको रुपमा चर्चित कुल ब्वायले फिल्ममा प्रमुख पात्रको भूमिका निर्वाह गर्ने बताए ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर र उनीहरूको भविष्यका घटनामा आधारित फिल्म निर्माण हुन लागेको हो । कुल ब्याय गायक समेत हुन् । उनका ‘कान्छी कता हिंडेको’, ‘बुवाको नाक होस्’ लगायत गीत चर्चामा छन् ।