२०८१ जेठ ४ , शुक्रवार

चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीमा गएका सैनिक सहकर्मी गोली लागेर घाइते

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको एक सैनिक जवान सहकर्मीको गोली लागेर घाइते भएका छन्। गस्तीमा जाँदा भालुले कमाण्डरलाई आक्रमण गरेपछि जोगाउन गोली हान्दा भालुलाई छलेर सैनिक जवानलाई लागेको प्रहरीले जनाएको छ।

हवल्दार थापालाई जोगाउन उनकै टीमका सैनिकले हानेको गोली भालुलाई छेडेर अर्का सैनिक २३ वर्षका प्यूठ कुन्दन सिंहलाई लागेको प्रहरीले जनाएको छ।

घाइते सैनिक सिंहको खुट्टामा गोली लागेको छ।भरतपुर अस्पतालमा उपचाररत सिंह खतरामुक्त छन्।