२०८१ जेठ ४ , शुक्रवार

सलमान खानको घर अगाडि फायरिङ प्रकरणका आरोपी जेलभित्रै मृत भेटिए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता सलमान खानको घरमा गोली हानेको आरोप लागेका एक व्यक्तिको जेलमै मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त आरोपीको नाम अनुज थापन हो।

उनलाई केही दिनअघि पुलिसले पञ्जाबबाट पक्राउ गरेको थियो। अनुज क्राइम ब्रान्चको कारागारमा तन्नाको फाँसी बनाएर बाथरूममा झन्डिएका हुन्।

झुन्डिएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा पुगेपछि उनलाई डाक्टरले मृत घोषित गरेका हुन्। सलमान खानलाई वाइ प्लस श्रेणीको सुरक्षा दिइएको छ। त्यसमा ११ जना प्रहरी खटिने व्यवस्था छ।