२०८१ जेठ ४ , शुक्रवार

विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

narendra modi

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस नेता सलमान खुर्शिद र माजवादी पार्टीकी नेता मारिया आलम खानको ‘भोट जिहाद’ अपिललाई ‘खतरनाक मनसाय’ भएको आरोप लगाउनुभएको छ ।

गुजरुरातमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो गठबन्धनले मुस्लिमहरूलाई भोट जिहादमा जान आग्रह गर्नुलाई आपत्ति मान्दै मुस्लिमहरु एकजुट भएर भोट हाल्नुपर्नेमा जोड दिनुभयो ।

“विपक्षी गठबन्धनले लोकतन्त्र र संविधानको अपमान गरेको छ । उनीहरुले सीमान्तकृत समुदायलाई विभाजित गर्ने नियत राखेका छन् । वास्तवमा भारतमा कांग्रेस कमजोर हुँदै गएको छ, पाकिस्तानी नेताहरु रुँदैछन् ।

त्यसैले कांग्रेसलाई सत्तामा फर्कन पाकिस्तानका नेताले प्रार्थना गरिरहेका छन् । पछिल्ला घटनाक्रमले कांग्रेस र पाकिस्तानको साझेदारी खुलासा भएको छ ।’’  रासस/एएनआई