२०८१ जेठ ४ , शुक्रवार

७.३१ अंकले घट्यो नेप्से,४ अर्ब नाघ्यो कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घटेको छ। नेप्से ०.३६ प्रतिशतले घटेर १९९८.९६ विन्दुमा बन्द भएको हो।

बिहीबारको बजारमा चार अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रूपैयाँको सेयर कारोबार भएको छ।अघिल्लो दिन अर्थात् मंगलबार चार अर्ब ८० करोड ४४ हजार ६०१ रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६७ करोड रूपैयाँले कमी आएको हो। कुल ७८ कम्पनीको मूल्य बढ्दा १६१ को घटेको छ भने ५ को स्थिर रहेको छ ।

अघिल्लो कारोबार दिन विकास बैंक समूहमा देखिएको आकर्षण आज माइक्रोफाइनान्स समूहमा सरेको छ । सो समूह ३.४५ प्रतिशत बढ्यो । व्यापार ०.०६ प्रतिशत बढ्यो भने अरु सबै घटेका छन् ।

बैंकिङ ०.८२, विकास बैंक २.०३, फाइनान्स ०.४६, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर १.११, जीवन बीमा ०.४०, निर्जीवन बीमा ०.९७, उत्पादन ०.०४ र अन्य समूह ०.७८ प्रतिशत घटे ।