२०८१ जेठ ४ , शुक्रवार

 जागिर लगाइदिने भनेर बलात्कार गरेको युवतीको आरोप, एक जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

जागिर लगाइदिने भनेर काठमाडौंमा बोलाएर १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । दोलखाको मेलुङ गाउँपालिका–२ घर भएका विदुर शर्माविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता भएको हो ।

प्रदेश निर्माण सेवा प्रालिका संचालक शर्मा एमालेसम्वद्ध खेलकुद महासंघका कोषाध्यक्ष समेत हुन् । उनले जागिर लगाइदिने भनेर बोलाएको र ठमेलको एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

घटना बुधबार दिउँसोको हो । बलात्कार भएलगत्तै पीडित किशोरी प्रहरी वृत्त पुगेकी थिइन् ।