२०८१ जेठ ४ , शुक्रवार

सिंगटी हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचीकृत

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।सिंगटी हाइड्रोले १ : १ अनुपातमा जारी गरेको हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

 

शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कम्पनीको १०० प्रतिशत हकप्रद बापतको १ करोड ४५ लाख कित्ता सेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।