२०८१ जेठ ४ , शुक्रवार

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

वेस्टइन्डिज एले चौथो टी-२० खेलमा घरेलु टोली नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।

आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । जोनसन चार्ल्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए ।

उनले तेस्रो खेलमा ११९ रनको शतकीय इनिङ खेलेका थिए ।ओपनर एलिक एथानाजेलाई प्रतिश जि.सीले ५ रनमा आउट गरेका थिए । त्यसपछि जोनसन चाल्र्स र आन्द्रे फ्लेचरले ९२ रनको साझेदारी गरेका थिए ।