२०८१ जेठ ४ , शुक्रवार

‘मनसरा’को काठमाडौं प्रिमियर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’लाई रेडकार्पेट प्रिमियर गरिएको छ । क्यूएफएक्सको लबिम हलमा बुधबार आयोजित प्रिमियर भव्य रह्यो ।

कुटुम्ब ब्यान्डको प्रस्तुति, भोज, प्राविधिकलाई सम्मान कार्यक्रम, सेलिब्रेटीको खचाखच उपस्थिति प्रिमियरका आकर्षण रहे । फिल्मको थिमसँग मिल्ने रङको हरियो सारीमा मिरुना आकर्षक देखिइन् । उनलाई साथ दिन आमा शशी लण्डनबाट रेडकार्पेटमा आइपुगेकी थिइन् ।

एप्पल तथा क्यूएफएक्स निर्देशक नकिम उद्दिन, निर्देशक सुब्बा, कलाकार प्रवीण खतिवडा, छायांकार तथा निर्माता शैलेन्द्रध्वज कार्की प्रिमियरमा थिए ।

विजय बराल, कार्म, सरिता गिरी, सुरक्षा पन्त, कुन्साङ बमजम लगायतका कलाकार प्रिमियरमा देखिए ।यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । एड्भान्स टिकट बिक्री खुला भएको छ ।