२०८१ जेठ ४ , शुक्रवार

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार र विपद् राहतकार्यका लागि निर्देशन दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सिले घटनास्थलमा उद्धार, घाइतेको उपचार र त्यसपछिको अवस्थालाई व्यवस्थापन गर्न सबै प्रयास गर्न निर्देशन दिनुभएको हो ।

सो प्रान्तको मेझोउ शहरको मेझोउ–डाबु एक्सप्रेसवेको चयाङ खण्डमा भूस्खलन हुँदा बिहीबारसम्म, प्रकोपले ३६ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको स्रोतले जनाएको छ ।

उहाँले भन्नुभयो, “क्षतिग्रस्त सडक मर्मत गर्न र ट्राफिक व्यवस्था सकेसम्म छिटो पुनःस्थापना गर्ने प्रयास गर्नुपर्छ, सबै क्षेत्र र सम्बन्धित विभागले जिम्मेवारी पुरा गर्न अनुगमन र चेतावनीलाई सुदृढ पारी आपतकालीन सुधार गर्नुपर्छ । प्रमुख क्षेत्रका जोखिमको अनुसन्धान गरी जनताको जीवन र सम्पत्तिको सुरक्षासहित सामाजिक स्थिरता सुनिश्चित गर्नुपर्दछ ।”  रासस/सिन्ह्वा