२०८१ जेठ ४ , शुक्रवार

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा ३४.५०% लाभांस प्रस्ताव

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आई.एम.ई.लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

मिति२०८१ बैशाख १९ गते बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२ औं बैठकले शेयरधनी महानुभावहरुलाई कुल ३४.५०%लाभांस वितरण गर्न प्रस्ताव गरेको जनाए ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश(करसहित) प्रस्ताव गरेको हो ।

यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भएपश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ।