२०८१ जेठ ८ , मंगलबार

वेष्टइण्डिज ए विरुद्ध नेपाललाई २२८ रनको लक्ष्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ओपनर जोनसन चार्ल्सको शतकमा वेष्टइण्डिजले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।

जोनसन चार्ल्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए ।

त्यो समय वेष्ट इण्डिज ३.१ ओभरमा २७/१ को अवस्थामा थियो ।त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।