२०८१ जेठ ५ , शनिवार

हुवावे डिजिटल एण्ड इन्टेलिजेंस एपिएसी काँग्रेस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ह्वावे र ए.एस.ई.एन फाउन्डेसन द्वारा संयुक्त रूपमा आयोजित, ह्वावे डिजिटल एण्ड इन्टेलिजेंस ए.पी.ए.सी कांग्रेस बंग्कोकमा भएको छ। १५ एशिया–प्यासिफिकमा देश क्षेत्रबाट २,००० भन्दा बढी सरकारी अधिकारीहरू, विद्वानहरू, साझेदारहरू र विश्लेषकहरू यो सम्मेलनमा सहभागीथिए। सहभागीहरुले डिजिटल एण्ड इन्टेलिजेंस क्षेत्रको विकास गरि, डिजिटल र बुद्धिमान एशिया–प्यासिफिकमा निर्माण गर्ने तरिकाहरू बारे छलफल गरे।

हालसम्म, ह्वावेले एशिया–प्यासिफिकमा १००,००० भन्दा बढी उद्यम साझेदारहरूको डिजिटल रूपान्तरण गर्न सहयोग गरेको छ। निरन्तर प्राविधिक आविष्कार मार्फत, ह्वावेले यस क्षेत्रलाई अग्रणी नेटवर्क र डाटा केन्द्र पूर्वाधार निर्माण गर्न मद्दत गर्दछ। स्थानीय ग्राहकहरूको व्यावसायिक आवश्यकताहरू पूरा गर्न ह्वावेले ओपेनल्याब्स, फाइबजी संयुक्त आविष्कार प्रयोगशालाहरू र अन्य प्लेटफर्महरू निर्माण गरिएका छन्।

सब्रिना मेङ्ग, बोर्डकीउप–अध्यक्ष र ह्वावेको सी एफओले भिडियो मार्फत उद्घाटन भाषण दिनुभयो, जसमाउनले भनिन्ः“एशिया–प्यासिफिक विश्वको सबैभन्दा उज्यालो क्षेत्रहरू मध्ये एक मात्रहोइन, यो डिजिटल अर्थतन्त्रको विकास गर्ने प्रयास गरिराखेका अन्य क्षेत्रहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ। यस प्रक्रियाको हिस्सा हुनपाउनह्वावेकोको लागि सम्मानको कुरा हो। यस क्षेत्रको डिजिटल रूपान्तरणलाई हाक्ने, अद्भुतग्राहकहरू र साझेदारहरूसँग कामगर्न पाउँदा प्रहर्षणमा छु।”

ए.एस.ई.एनफोर कम्युनिटी एण्ड कोर्प्रेटका उप–महासचिव, महामहिम नारार्य एस ओएप्राप्टोले ’ग्रोथ इन्जिनअफ थाइल्याण्ड’ नीतिअन्तर्गत डिजिटल र बौद्धिक रूपान्तरणको गतिलाई आफ्नो प्राथमिकताको रूपमा उल्लेख गर्नुभयो। उनले देशको समग्र डिजिटल मानवपुँजी सुधार गर्न यी रूपान्तरणका फाइदाहरू पेश गरेका छन्।

ह्वावेका वरिष्ठ उपाध्यक्ष र हुवावे इन्टरप्राइज सेल्सका अध्यक्ष लिओ चेन डिजिटल एण्ड इन्टेलिजेंस इन्फ्रास्ट्रक्चरलाई सम्भाव्यता र उत्पादकत्वलाई मुक्तगर्ने चाबीको रूपमा श्रेय दिए। उनले भने, “ह्वावे, हाम्रो फुल–स्ट्याकप्रविधिर समाधान क्षमताहरू प्रयोग गर्न र ग्राहकहरूको लागि थप मूल्य सिर्जना गर्न साझेदारहरूसँग कामगर्न तयार र इच्छुक छ।“

ह्वावे एशिया–प्यासिफिक क्षेत्रकाअध्यक्ष साइमोन लिनले अर्थतन्त्र र समाजमा प्रविधिलाई एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले भने, “ह्वावे प्राविधिक आविष्कार कर्ता, उद्योगको अग्रगामी र स्थानीय योगदानकर्ता बन्न प्रतिबद्ध छौ। लगभग १०,००० उद्यम र क्लाउड साझेदारहरूसँग, हामी तिव्र गतिमा डिजिटल र बौद्धिक एशिया–पेसिफिक क्षेत्रको वृद्धिको लागि दृढ संकल्प गर्दछौ।

हुवावे नेटवर्क समिट, इनोभेटिभ डाटा इन्फ्रास्ट्रक्चर फोरम, ग्लोबल अप्टिकल समिट, र हुवावे क्लाउड स्ट्याक समिट लगायतका भविष्यका सम्मेलनहरू र उत्पादनप्रक्षेपणका योजनाहरूसहित सम्मेलन सम्पन्न भयो। हुवावेले ग्लोबल ई.एस.पीशिखर सम्मेलन एशिया–पेसिफिक र ग्लोबल म्यानु फ्याक्चरिङ एण्ड लार्ज इन्टरप्राइज समिटमा उद्योग समाधानहरू जारी गर्ने योजना पनि बनाएको छ।प्रमुखनेताहरू, इन्डोनेसियाका प्रेसिडेंशियल स्टाफका प्रमुख जनरल (निवृत्त), डा. मोइल्डोको र ए.एस.ई.ए.एन फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्री संग्नम पनि कांग्रेसमा उपस्थित थिए।