२०८१ जेठ ४ , शुक्रवार

स्मार्ट फोनहरुमा आकर्षक उपहारको साथमा मे महिनालाइ स्वागत गर्दै अनर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

टेक्नोलोजी ब्रान्ड अनरले ,मे महिनालाइ लक्षित गर्दै “अनर मे उत्सव” ल्याएको छ , जसमा नेपाल भरका अनरका ग्राहकहरूका लागि आकर्षक उपहारहरू समावेश छन्।नेपालको लागि अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रा. लि.ले मे उत्सव अभियानको घोषणा गरेको हो जसमा ग्राहकहरूले प्रत्येक HONOR स्मार्टफोनको खरिदमा उपहारहरू प्राप्त गर्न सक्छन् साथै लक्की ड्र मार्फत भेस्पा जित्ने मौका पनि पाउन सक्नेछन।

HONOR स्मार्टफोनहरू खरिद गर्ने ग्राहकहरूले यस प्रवर्धनको एक भागको रूपमा विशेष उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाए
। HONOR 90 5Gको खरिदमा, ग्राहकहरूले रु.१३,९९९/0- मूल्यको HONOR Choice Watch प्राप्त गर्नेछन्।त्यसैगरि HONOR X9b खरिद गर्नेहरूले रु.५,४९९/-मूल्य भएको HONOR Choice Earbuds X5 प्राप्त गर्न सक्नेछन।

त्यस्तै, HONOR 90 Lite खरिद गर्ने ग्राहकहरूले रु. ३,९९९/- मूल्यकोAnker Soundcore Life P2iर HONOR X7b वाHONOR X8b को खरिदकर्ताहरुले रु२०००/- मूल्यको वैज्ञानिक क्याल्कुलेटर प्राप्त गर्नेछन्।थप रूपमा, HONOR X5 Plus खरिद गर्ने ग्राहकहरूले रु.१,३९५/- मूल्यको Sunelan S3 निस्शुल्क उपहार प्राप्त गर्नेछन्।यसबाहेक, उत्सवमा थप उत्साहको लागि लक्की ड्र पनि रहनेछ, जहाँ HONOR 90 5G छन् का एक भाग्यशाली ग्राहकले भेस्पा जित्ने मौका पाउनेछन्।

यी आकर्षक उपहारको बहार१मे बाट सुरु भएर११मे २०२४ सम्म जारि रहने छ भने यो अबधिमा खरिद गरियका फोनहरुमा मात्र उपलब्ध हुने कम्पनीले जनाए।अफलाइन र अनलाइन दुवै प्लेटफर्महरूमा मान्य रहने यो अफर ग्राहकहरूले HONOR आधिकारिक स्टोरहरू Darazर HUKUT जस्ता अनलाइन प्लेटफर्महरूबाट खरिद गर्न सक्छन्।