२०८१ जेठ ८ , मंगलबार

उपनिर्वाचन परिणामले उत्साहित एमाले

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक गरी जम्मा दुई सिटका लागि वैशाख १५ गते भएको उपनिर्वाचनमा एमालेले सफलता हात पार्‍यो ।

२०८४ को आम निर्वाचनका लागि राजनीतिक दलहरूको शक्ति परीक्षणका रूपमा हेरिएको इलाम–२ र बझाङ प्रदेश सभा–१ को निर्वाचनले यसपटक सबैको ध्यान खिच्यो ।

आलोचना खेपिरहेका परम्परागत दल कांग्रेस, एमाले र माओवादीबिच नै विरासत जोगाउन शक्ति सङ्घर्ष चलिरहेको बेला निर्वाचन परिणाम कस्तो आउला भन्नेमा सबैको चासो थियो ।

विशेष रूपमा सबैको ध्यान खिच्न सफल भएको इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतले पछि पार्दै विजयी भए । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरेका थिए ।