२०८१ जेठ ४ , शुक्रवार

‘मनसरा’लाई क्यूएफएक्सले देशभर दियो ६९ शो,अग्रिम टिकट बिक्री सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘मनसरा’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।फिल्मलाई क्यूएफएक्सले देशभर ६९ शो दिएको छ ।

जसमा काठमाडौँमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएको हो । त्यस्तै वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई लगायतका हलमा भने बुकिङ खुल्ला भएको छैन । बुधबार साँझसम्म टिकट बुकिङ खुल्ला हुने अनुमान गरिएको छ ।

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मले व्यवसाय राम्रो गर्ने अपेक्षा गरिएको छ ।उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनाको अलावा प्रवीण खतिवडा, मेनुका प्रधान , हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ ।