२०८१ जेठ ४ , शुक्रवार

नेप्से २५.९३ अंकले बढ्यो, ४ अर्ब ८० करोडको कारोबार

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार सेयर बजारले २ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २५.९३ अंक बढेर २००६ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दोब्बर बढेको छ ।

अघिल्लो दिन २ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८० करोडको कारोबार भयो ।कुल २१५ कम्पनीको मूल्य बढ्यो भने २६ को घट्यो, ४ को स्थिर रह्यो । यस दिन विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ ।

विकास बैंक समूह ४.९ प्रतिशत बढ्यो ।त्यस्तै बैंकिङ १.१, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.६२, लगानी १.१३, जीवन बीमा ०.९६, उत्पादन ०.३६, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा २.३९, अन्य ०.३०, ब्यापार ०.७५ प्रतिशत बढे । फाइनान्स समूह भने १.१८ प्रतिशत घट्यो ।