२०८१ जेठ ४ , शुक्रवार

विराजको‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै सनिशा भट्टराई

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता बिराज भट्टले निर्माण गर्न लागेको फिल्म हो ‘१२ गाउँ’ । यस्तैमा फिल्मको अभिनेत्रीको रूपमा सनिशा भट्टराई छनौट भएकी छन् । सनिशा मोडल हुन् ।फिल्मको निर्देशन पनि भट्टले नै गर्न लागेका हुन् । भट्टले आफ्नो फिल्ममा सनिशा मुख्य कलाकारको रूपमा भित्रिएको जानकारी दिए ।

सनिशाले गायक हिमाल सागरको ‘ए होर माया’, अनु चौधरीको ‘तिमीलाई हेर्ने बानी प¥यो’ लगायत थुप्रै गतिमा मोडलिङ गरेकी छन् ।‘१२ गाउँ’बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र भट्टकै छोरा समीर पनि मुख्य भूमिकामा देखिँदै छन् ।

एक्सन–थ्रीलर विषयमा बन्न लागेको फिल्मको छायाङ्कन नेपाल र भारतमा हुनेछ । भट्टले केही वर्ष अगाडि ‘साङ्लो’ फिल्मबाट निर्देशकमा डेब्यु गरेका थिए ।