२०८१ जेठ ४ , शुक्रवार

बुबाको बिँडो थामेका सुहाङ, बुवा सुवासले भन्दा कम मत पाए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
इलाम–२ मा नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्वाङले कम्युनिस्ट पार्टीको राजनीतिक विरासत मात्र नभइ बाबुकै बिँडो पनि थामे।गत शनिबार भएको इलाम–२ को उपचुनावमा उनी २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए।

सुहाङले ५ हजार ८३० को फराकिलो अन्तरले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाखा लगाइरहँदा बुवा सुवास नेम्वाङले भन्दा कम मत पाए।विधान सभा अध्यक्षसमेत रहेका सुवास नेम्वाङको गत वर्ष भदौ २६ गते हृदयाघातका कारण निधन भएपछि त्यहाँ उपचुनाव भएको थियो।

जसमा उनकै छोरा सुहाङले फराकिलो अन्तरको जित निकाले।अघिल्लोपटक उनका बुवा सुवासले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै झिनो मतको अन्तर निकालेका थिए।

त्यतिबेला सुवासले ३० हजार २० मतले चुनाव जितेका थिए। प्रतिस्पर्धी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए।मतदाता र मतदान गर्ने दुवैको संख्या बढ्दा पनि छोरा सुहाङले २ हजार २४८ कम मत ल्याएका छन्।

इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीसहित १६ राजनीतिक दलको जमानत जफत भयो।