२०८१ जेठ ८ , मंगलबार

सुनको मूल्य स्थिर रहँदा घट्यो चाँदी

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ। सोमबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी मंगलबार प्रतितोला १६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।