२०८१ जेठ २ , बुधवार

झिनो अंकले बढ्यो नेप्से परिसूचक

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार सेयर बजार झिनो अंक बढेको छ ।आइतबार १९८०.२७ विन्दुमा बन्द भएको बजार आज १९८०.३४ विन्दुमा बन्द भएको हो।सोमबारको बजारमा दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् आइतबार दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोड रूपैयाँले बढेको हो।यस दिन ३१७ वटा धितोपत्रको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर किनबेच भएको हो।

९९ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने १७ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.१७ प्रतिशत बढ्यो । फाइनान्सका अलवा विकास बैंक १.६६ र बैंकिङ ०.२९ प्रतिशत बढे ।

होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.५०, जीवन बीमा ०.२५, उत्पादन ०.०६, निर्जीवन बीमा ०.५१, अन्य ०.८२ र ब्यापार ०.४५ प्रतिशत घटे । माइक्रोफाइनान्स समूह स्थिर रह्यो ।