२०८१ जेठ २ , बुधवार

आइ.एम.ई.लाइफइन्स्योरेन्स कम्पनीद्वारा तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुदनाफा ७५.७९ प्रतिशतले बढेको कम्पनीले जनाएका छन । गतवर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुदनाफा गरेको थियो ।

चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.२४प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ३अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.७९प्रतिशत बढी हो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको १५ करोड ९१लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ।
यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।