२०८१ जेठ २ , बुधवार

बझाङको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बझाङ–१ प्रदेश सभामा नेकपा एमालेले अग्रता कायम राखेको छ । २८ हजार ५६८ सदर मत गन्दा एमालेले ३४२ मतको अग्रता बनाएको हो ।

एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत ल्याएका छन् ।