२०८१ जेठ २ , बुधवार

पूजाको ‘दान्भी’ नयाँ मितिमा प्रदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पूजा शर्मा अभिनित फिल्म ‘दान्भी’को प्रदर्शन असार ७ गते हुने भएको छ । शर्माको जन्मदिनको अवसर पारेर निर्माताले सोमबार नयाँ रिलिज डेट घोषणा गरेका हुन् ।

चलचित्र संघ र वितरकबीचको सहमतिअनुसार यो फिल्मको पूर्वनिर्धारित जेठ १० को प्रदर्शन मिति स्थगित गरिएको थियो । उक्त छलफलमा असार ७ गते आउने सहमति जुटेको हो ।

निर्माताले नयाँ रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरिसकेका छन् । फिल्ममा पूजा र कुन्साङ बमजमको शीर्ष भूमिका छ । यो फिल्म कुन्साङको डेब्यु फिल्म हो।