२०८१ जेठ २ , बुधवार

प्रतितोला चार सय रूपैयाँ घट्यो सुनको मूल्य

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ।आइतबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ नै घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला १६ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।