२०८१ जेठ २ , बुधवार

बझाङ उपनिर्वाचन अपडेटः एमालेका भण्डारी नौ मतले अगाडि

bajhang-election

सुनाखरी न्युज/ काठमाडौं ।

बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिनुभएको छ ।

जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका-९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हाे ।पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले नौ हजार आठ सय ८९, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले नौ हजार आठ सय ८० मत प्राप्त गर्नुभएको छ ।

साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार छ सय ५४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार चार ८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।रासस